प्रकाशित मिति : बुधबार, असार ९, २०७८
काठमाडौं। सामाजिक सञ्जाल ‘क्लबहाउस’ मा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर, चाँगुनारायण नगरपालिका खरीबोटका २० वर्षीय इसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
साईवर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले क्लबहाउसमा प्रहरीको युनिफर्म सहितको फोटो दुरुपयोग गरी ‘वपन सोसल रुम’ बनाएकोमा आरोपमा लामिछानेलाई पक्राउ गरिएको जनाएको छ ।
साथै प्रहरी अधिकृतको नाम लगायतका विवरण समावेश गरी फेक आईटी बनाएर नेपाल प्रहरीका कर्मचारीहरूको छविमा नकारात्मक प्रभाव पार्ने काम गरेको र प्रहरी संगठनको छवि धमिल्याएको जनाएको छ ।
काठमाण्डौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि लामिछाने माथि अनुसन्धान भइरहेको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij