आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

  • प्रकाशित मिति : बुधबार, असार ९, २०७८



  • काठमाडौं । वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् ।

    वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ ।

    डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मर्स्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा अवरुद्ध भएको छ । लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । मनाङमा तिमाङ खोलाले धारापानीमा १ गते र बगरछापमा ३ गते अवरुद्ध भएको थियो । त्यस्तै मनाङको तिमाङ छहरामा जेठ १६ गते सडक अवरुद्ध रहेकामा अझै सो सडक खुल्न सकेको छैन ।

    अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ । सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ ।

    साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ मा अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्डमा असार १ मा सडक अवरुद्ध भएको थियो । सो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ ।

    तत्काल पूर्णरुपमा नियमित हुन नसक्ने राजमार्गमा एकातिरबाट पहिरो पन्छाएर सवारीसाधन नियमित गरिएको विभागले जनाएको छ । खोड्पे–चैनपुर सडकको रिखारी पातल र चिपल ढुङ्गा, तमैल सडक र अरनिको राजमार्गको जुरे सडक पनि आशिंक रुपमा सञ्चालनमा छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij