प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३
काठमाडै । सामुदायिक रेडियो प्रशारक संघ, नेपालको छैठौं अधिवेशन काठमाडौंमा सुरु भएको छ ।
शुक्रबार सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले एक कार्यक्रमकाबीच अधिवेशनको उदघाटन गरेका हुन् ।
सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशनमा देशभरबाट करिव ३ सय भन्दा बढि प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी भएका छन ।
समुदायमा रेडियोको पहुँच पु¥याउने उद्देश्यका साथ सामुदायिक रेडियो संघको स्थापना विक्रम संवत २०५९ साल साउन २८ गते गरिएको थियो ।






संघमा २ सय ८७ जना सदस्य आवद्ध रहेका छन । लोकतन्त्र, कानुनको शासन र मानव अधिकारमा आधारित सुशासनको अवधारणालाई सामुदायिक रेडियोले अनुशरण गर्दै आएको विश्वास गरिन्छ ।
सामुदायिक रेडियो प्रशारक संघले ७० वटा भन्दा बढि भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरिरहेको संघले जनाएको छ ।
अधिवेशन नेतृत्व पनि चयन गर्नेछ ।
अधिवेशनमा अध्यक्षका लागि काँग्रेसबाट किशोरजंग थापालाई उम्मेदवारी बनाइएको छ भने एमालेले सुवाष खतिवडालाई अघि सारेको छ ।
संघको निर्वाचनमा एमाले विरुद्ध सत्तापक्ष एक ठाउँमा उभिएको बताइएको छ ।
संघमा पार्टीगत आधारमा एमालेको मतदाता धेरै रहेको मानिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij