प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३
बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षका ओम पुरीले मुम्बईमा शुक्रबार बिहान अन्तिम सास लिए । उनलाई हृदयघात भएको थियो ।
बीबीसीसँगको एक अन्र्वार्तामा ओम पुरीले आफ्नो मृत्यु बारे कुरा गर्दै आफ्नो मृत्यु अचानक नै हुने बताएका थिए ।
छत्तीसगढमा बीबीसी हिन्दीसँग जोडिएका पत्रकार आलोक प्रकाश पुतुललाई दिएको एक अन्तर्वार्तामा ओम पुरीले भनेका थिए, ‘मृत्युको डर छैन । बरु मलाई रोगदेखि डर लाग्छ । रोगका कारण मानिसहरु निकै लाचार हुन्छन् र अरुमाथि निर्भर भएको देख्दा मलाई निकै डर लाग्छ । मृत्युसँग फिटिक्कै डर लाग्दैन ।’
सन् २०१५ को मार्चमा उनीसँग लिइएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मृत्यु त कहिले आउँछ थाहा नै हुँदैन । सुत्दा सुत्दै मरिन्छ । (मेरो मृत्युको बारेमा) तपाईंलाई थाहा हुनेछ कि ओम पुरीको हिजो बिहान ७ बजेर २२ मिनेटमा निधन हुन्छ भन्ने सुन्नुहुनेछ ।’ (उनी यति भनेर मज्जाले हाँसेका थिए) ।
र वास्तविक रुपमा नै यस्तै भयो । शुक्रबार बिहानै उनको अचानक मृत्यु भएको खबर सार्वजनिक भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij