आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दक्षिणी सुडानमा शान्ति स्थापनामा तैनाथ नेपाली सैनिकलाई ६ सय ९८ पदक

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • काठमाडौं। दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस)मा तैनाथ नेपाली सैनिकहरुले ६ सय ९८ पदक पाएका छन् । शुक्रबार आयोजित पदक वितरण समारोहमा दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि उल्लेख्य योगदान दिएवापत नेपाली सेनाका २२ महिलासहित ६ सय ९८ जना अधिकृत तथा जवानलाई पदक हस्तान्तरण गरियो ।

    कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट अनमिस फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल सैलेश तिनाइकरले नेपाली सेनाका क्याप्टेन विज्ञान विष्टलाई प्रशंशा पत्र हस्तान्तरण गरे । सामान्यतया फोर्स कमाण्डर र डेप्युटी कमाण्डर साथमा यात्रा नगर्ने भए पनि यो कार्यक्रममा भने दुवै उपस्थित थिए । कालीध्वज गणका १० औं कन्टिन्जेन्टका कमाण्डर क्याप्टेन बिष्टलाई गएको नोभेम्बरमा दक्षिणी सुडानको लेकस स्टेटको कुइबेत काउन्टीमा साम्प्रदायिक दंगा हुनबाट रोक्न उल्लेख्य योगदान दिएकोमा पदक प्रदान गरिएको हो ।

     

    नेपाली सेनाको इतिहासमै बाबुछोरा एकैपटक सम्मानित भएको इतिहास पनि बनेको छ । पूर्वी पृतना कमाण्डर ब्रिगेडियर जनरल दीपक कुमार बानियाँ र उनका छोरा लेफ्डिनेन्ट डा. दिव्य प्रताप बानिया दुवैलाई पदक प्रदान गरियो । कार्यक्रममा माओवादीबाट समायोजन भइ नेपाली सेनामा आएका २ जोडी, जुम्ल्याहा दाजुभाइको एक जोडी र साख्खै दाजुभाइको अर्को एक जोडी पनि सम्मानित भए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij