प्रकाशित मिति : शनिबार, असार १९, २०७८
गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो।
गएराति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
यसैगरी, धादिङमा गुडिरहेको ट्रक माथिबाट झरेको पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
बेनिघाट रोराङ गाउँपालिका-१० स्थित राजमार्गमा ना८ख ४५४० नम्बरको ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकमाथि शनिबार पहिरो खसेको हो।
पहिरोमा परेर अन्य पाँच वटा सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij