आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाजुभाइलाई जंगली चितुवाले लखेट्यो, बर्थ डे केकले बचायो ज्यान

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • काठमाडौं। बाटोमा अचानक जंगली चितुवाले लखेटेपछि आत्तिएका २ दाजुभाइलाई बर्थ डे केकले बचाएको छ । चितुवाले आफूहरुलाई लखेटिरहेका बेला ती दाजुभाइले चितुवाको मुखमा २ पाउण्डको केक फ्याँकेर बचेका छन् । भारतको मध्य प्रदेशको बुरहानपुरका दाजुभाइ फिरोज र सबिर मन्सुरी छोराको जन्मदिनका लागि केक लिन गएका थिए । घर फर्किंदा उनीहरुले साथमा केक ल्याउन त सकेनन् तर निकै भाग्यमानी साबित हुँदै जीवितै आउन भने सके ।

    टाइम्स अफ इण्डियाका अनुसार यी दाजुभाइले सोमबार साँझ नेपानगरबाट केक किनेर घर ल्याउँदै थिए । मोटरसाइकलमा घर फर्किने क्रममा गोराडिया गाउँनजिकै उनीहरुले बाटोमा चितुवा भेटे । उखुको खेतभित्रबाट निस्किएको चितुवाले उनीहरुको मोटरसाइकललाई लखेट्न थाल्यो । उनीहरुले मोटरसाइकलको स्पिड बढाए तर कच्ची बाटोमा चितुवा उनीहरुको मोटरसाइकलभन्दा छिटो दौडिन थाल्यो । अन्ततः चितुवाले मोटरसाइकललाई भेट्यो र मोटरसाइकलको पछाडि चितुवाको पञ्जा लाग्दा मोटरसाइकल नराम्रोसँग चिथोरियो ।

    मोटरसाइकलको पछाडि बसेका सबिरले केक समातेका थिए । चितुवाको नङग्राले केकको बाकस पनि च्यातिदिएपछि सबिरले अचानक केही असामान्य काम गर्ने निर्णय लिए । उनले केक चितुवातिर फ्याँकिदिए जुन केक गएर चितुवाको अनुहारमा लाग्यो । अचानक भएको यो घटनाले चितुवाले केही बुझ्न सकेन र उखु खेततिर भाग्यो । ‘त्यसले हामीलाई ५ सय मिटरभन्दा धेरै लखेट्यो । हामी मुस्किलले मृत्युबाट बच्यौं’ सबिरले टाइम्स अफ इण्डियासँग भने । वन अधिकारीहरुले घटनास्थलमा भेटिएका खुट्टाका छापको आधारमा लखेट्ने चितुवा नै रहेको पुष्टि गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij