बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नाबालकको पालनपोषणका लागि अक्षयकोष

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • खोटाङ  । रक्त अर्बुदरोगबाट पीडित आमाको उपचारका क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादीक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ ।

    खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारका क्रममा गत साउन ३० गते मृत्युु भएपछि उनका छोरा तेन्जिङको पालनपोषण तथा शिक्षादीक्षाका लागि रु पाँच लाख ४७ हजार सात सय ४७ को अक्षयकोष स्थापना गरिएको हो ।

    खोटाङ बास्पानी घर भई हाल बेलायतमा रहेकी जयन्ती राईले त्यहाँ सङ्कलन गरेर पठाएको  पाँच लाख तीन हजार आठ सय ४७ र बास्पानी घर भई हाल काठमाडौंँ बस्ने रन्जना राईले सङ्कलन गरेको को  ४३ हजार आठ सय ६० गरी,  पाँच लाख ४७ हजार सात सय ४७ को अक्षयकोष स्थापना गरिएको जयन्तीका दाजु तथा नेकपा (एमाले) का नेता राजन राईले बताए ।

    खार्मी–५ मा जन्मिएकी कविता दुई वर्षअघि खार्मी–८ का अशोक तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । विवाहअघि कक्षा १० पढ्दादेखि नै कवितालाई अर्बुद देखिएको पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जान रोकिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij