प्रकाशित मिति : शनिबार, पुस २३, २०७३
काठमाडौं । नेपाल आयल निगमले तीन महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया अघि बढाएको छ ।
क्षमता विस्तारका लागि निगमले विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मार्फत निर्माण कम्पनी छनोट र जग्गा खरिद प्रक्रिया अघि बढाएको हो ।
आपतकालिन अवस्था र प्राकृतिक प्रकोपका बेला इन्धन अभाव हुन नदिन निगमले भण्डारण क्षमता बढाउन लागेको हो । सरकारले बजेट वक्तव्यमार्फत नै निगमको भण्डारण क्षमता विस्तार गर्ने घोषणा गरिसकेको खबर आजको कान्तिपुरमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij