आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पत्रकारको सुरक्षाको लागि आचार संहिता झन् महत्वपूर्ण : अध्यक्ष पोखरेल

  • प्रकाशित मिति : आइतवार, असार २७, २०७८



  • काठमाडौं । पत्रकारिता क्षेत्रमा स्वनियमनकालागि पत्रकारहरुले जोड दिएको छन् ।

    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले आइतबार आयोजना गरेको स्वास्थ्य संकटमा पत्रकार आचार संहिता कार्यान्वयन विषयक कार्यक्रममा सहभागिहरुले स्वनियमनको भूमिकामा जोड दिएका हुन् ।

    कोरोना महामारी जस्ता संकटमा अझ आचार संहितालाई पालना आवश्यक भएकोमा उनीहरुले जोड दिए । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको सुरक्षाको लागि पनि स्वास्थ्य संकटका बेला आचार संहिता झन् महत्वपूर्ण भएको बताउनुभयो ।

    उहाँले कोरोना महामारीको बेला संचारगृहमा व्यवस्थापन सही रुपमा नभएको र कोरोनाको बहानामा निकालिएका पत्रकारहरुलाई पलायन हुनबाट बचाउनु पर्नेमा जोड दिनुभयो ।

    नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा स्वमुल्यांकन र स्वनियमन आवश्यक रहेको भन्दै काउन्सिल सहि पत्रकार र पत्रकारिताको पक्षमा सधैं उभिने बताउनुभयो ।

    कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा र सल्लाहकार निर्मला बस्नेत लगायतले महामारी जस्तो संकटमा पत्रकारहरुले आचार संहितालाई पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij