आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ढुङ्गा फुटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी

  • प्रकाशित मिति : सोमवार, असार २८, २०७८



  • दमौली । शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गाको पहिरा खसेपछि एकतर्फी सञ्चालनमा रहेको उक्त ठाउँको ढुङ्गा सहितको पहिरा आज साँझ ५ः४० मा सफा गरिएको हो ।

    ठूलो चट्टान ढुङ्गा फुटाई सडक सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “अब राजमार्गमा कुनै अवरोध छैन”, प्रनाउ तिमिल्सिनाले भने । यसअघि यस ठाउँमा खसेको ढुङ्गाले राजमार्ग एकतर्फी हुँदा कयौँ सवारीसाधन बेलाबेलामा रोकिन पुगेका थिए ।

    डाइभर्सनबाट यातायात सञ्चालन

    तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखालामा डाइभर्सन निर्माण गरिएपछि सवारी वारपार शुरु भएको छ । पक्की पुल बाढीले भत्काएको ११ दिनपछि उक्त ठाउँबाट यातायात सञ्चालनमा आएको हो ।

    व्यास नगरपालिकाले बनाएको ह्युम पाइपमार्फत आज सवारी साधन सञ्चालन भएको स्थानीयवासी यामबहादुर आलेले जानकारी दिए । “तत्कालका लागि अस्थायी रुपमा भने पनि सवारी सञ्चालन गर्ने सक्ने भएको छ, भोलिबाट बेलिब्रिज निर्माण शुरु हुन्छ”, उनले भने । बाढीले पुल भत्काएपछि यस भेगका सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij