आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एमाले विवाद मध्यरातमा मिल्यो, कार्यदलले गर्‍यो १० बुँदे सहमति (पत्रसहित)

  • प्रकाशित मिति : सोमवार, असार २८, २०७८



  • काठमाडौं, असार २७ । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।

    आइतबार लगातार १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो ।

    यो सहमतिलाई सोमबार बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने छ ।

    दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडी बढ्ने सहमति गरेको छ ।

    एमाले विवाद मध्यरातमा मिल्यो, कार्यदलले गर्‍यो १० बुँदे सहमति (पत्रसहित)
    १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

    सहमतिपत्रको पहिलो बुँदामा पार्टीभित्र देखिएको अन्तविरोधहरुलाई पार्टीभित्र समाधान गर्न सहमत भएको विषय राखिएको छ ।

    सबैभन्दा बढी पेचिलो बनेको सर्वोच्चमा दायर रिटका बारेमा कार्यदलले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति कायम गरेको छ ।

    प्रवक्ता ज्ञवालीले प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयका आधारमा हामी अघि बढ्ने जानकारी दिनुभयो ।

    सहमतिपत्रमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुलाई यसअघि दिइएको जिम्मेवारी नै कायम राख्ने उल्लेख गरिएको छ ।

    त्यस्तै एमाले पुर्नजीवित गर्ने सर्वोच्चको फैसलापछि भएका सबै निर्णय बदर गर्ने सहमति समेत जुटेको छ ।

    सहमतिपछि सोमबारका लागि बोलाइएको स्थायी कमिटि र मंगलबारका लागि बोलाइएको केन्द्रीय कमिटिको बैठक समेत बस्ने उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

    एमालेभित्रको विवाद मिलाउन सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ९ बजेदेखि बसेको बैठक राति १० बजे निश्कर्षमा पुगेको हो ।

    एमाले विवाद मध्यरातमा मिल्यो, कार्यदलले गर्‍यो १० बुँदे सहमति (पत्रसहित)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij