बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सरकारले तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • काठमाडौँ । सरकारले गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछाम जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही दिनअघि मात्र ती जिल्लामा बसोबास गर्ने पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

    केन्द्रीय पञ्जीकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले आम्दानी नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक रु छ सय दिन लागिएको जानकारी दिए । उनले भने, “पहिला तीन जिल्लालाई पोषण भत्तास्वरुप रकम दिन्छौँ, कति आवश्यक पर्छ हेरेर अरु जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजान्छौँ ।” यसअघि विभागले दलित र कर्णाली अञ्चलका पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो ।

    स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले सुरुमा तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा दिनका लागि रु २० करोड रकम विनियोजन गरेको छ । आव २०७३/०७४ का लागि सामाजिक सुरक्षा भत्ताबापत सरकारले रु ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार छुट्याएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij