आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

साउनदेखि लामो दूरीका गाडी जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी

  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८



  • काठमाडौं। साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए।

    भोलि बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले यस विषयमा निर्णय लिने बताए। साथै बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुनेछ। यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ।

    यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ३१ गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

    काठमाडौं उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरु खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ।

    यसैगरि जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरु भेला, जम्मा हुन, भिडभाड गर्ने सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर बन्देज लगाइएको छ । विवाह तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । साथै, शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न रोक लगाइएको छ ।गाेरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij