आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

खुमलटारमा विप्लव र प्रचण्ड पत्नी सीताको भावुक तस्बिर

  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८



  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको भावुक तस्बिर सार्वजनिक भएको छ।

    प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले विप्लव र आमा सीताको फोटो सामाजिक सञ्जालमा राखेकी छन्। गंगाले पुनर्मिलनको एक तस्बिर भनेर समेत लेखेकी छन्।

    तस्बिरमा विप्लवले सीता दाहालको दुवै हात समाएका छन्। सीता दाहालले पनि विप्लवलाई आफ्नै परिवारको सदस्यलाई जस्तो गरेर हेरेकी छन्।

    विप्लवले पाँच वर्ष भन्दा लामो समयपछि सीता दाहाललाई भेटेका हुन्।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटका अनुसार सीता दाहालले विप्लवललाई परिवारकै सदस्य जस्तो माया गर्छिन्।

    ‘उहाँहरूको भावनात्मक सम्बन्ध छ। आमाले विप्लवलाई साह्रै माया गर्नुहुन्छ,’ उनले भने, ‘राजनीतिक-वैचारिक सम्बन्ध त छँदैछ। त्यो सँगै आत्मीय सम्बन्ध पनि छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij