आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अन्तर सरकार समन्वयको नमूना बन्दै बगंलाचुली र माण्डबि गाउँपालिका।

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • सागर ओली,दाङ। दाङ जिल्लाको उत्तरी भेग पहाडी भु भाग ओगटेको बस्तीमा रहेकोे बगंलाचुली गाउँपालिकाले त्यस क्षेत्रलाई पर्यटकिय स्थल बनाउनका लागि नयाँ कामको थालनी गरेको छ। गाउँपालिकाले अन्य स्थानीय तहसंग सहकार्य गर्दै कामको थालनी गरेको हो।

    बंगलाचुली ठुली लेक पर्यटकीय प्रबर्द्धन आयोजनालाई ब्यबस्थीत र प्रभाबकारी बनाउनका लागि प्युठान जिल्लाको माण्डबी गाउँ पालिकासंग सहकार्य गरिएको हो। दुईवटा पालिका स्तरको संयुक्त समिति गठन गरिएको छ।

    त्यसैगरी आयोजनाको पहिचान र लगानीको समिक्षा समेत गरिएको थियो । त्यो पर्यटकीय स्थलमा अहिलेसम्म बगंलाचुली गाउँपालिकाले २ करोड ५० लाख र माण्डबि गाउँपालिकाले ५७ लाख लगानी लगाएको छ।

    अब दुबै गाउँपालिकाबाट ५/५ करोड लगानी लगाएर उत्कृष्ट पर्यटकीय स्थल बनाउने सहमति भएको छ।

    यो सहमतिमा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओली र माण्डबि गाउँ पालिकाका अध्यक्ष श्रीधर रोकाले हस्ताक्षर गरी आउँदा दिनहरुमा सहकार्य गरेर यो ठाउँलाई उत्कृष्ट पर्यटकीय स्थल बनाउने सहमति भएको बगंलाचुलीका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जलजला खबरलाई जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij