आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदान सहयोग दिने भएको छ। यसअघि पनि चीनले नेपाललाई दुई पटक गरेर १८ लाख डोज खोप सहयोग गरिसकेको छ।

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्की बुढानिलकण्ठ पुगेकी थिइन्। सोही अवसरमा चीनले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सो भेटमा राजदूत यान्कीले चीनले नेपाललाई सँधै सहयोग गरिरहेको र आगामी दिन पनि सहयोग जारी रहने बचन दिएकी छन्।

    नेपालले चीनसँग ४० लाख डोज खोप खरिद सम्झौतासमेत गरिसेको छ। सो सम्झौता अनुसार १० लाख डोज नेपाल आइसकेको छ। थप खोप आउनेक्रम जारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij