आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।

    सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए।

    सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij