आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • पर्वत। पहिराका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

    लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानकारी दिए। यस वर्ष मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिराले बढी नै असर गरेको छ । सहस्रधारा नजिकै नयाँ पुलमा केही दिन अगाडि विशाल ढुङ्गासहित खसेको पहिरो पन्छाउन एक साता लागेको थियो । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो ।

    कुश्मा–८ चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गकै ठेक्का लिएको लामा कन्स्ट्रक्सनको हाइलक्स गाडीसहित त्यसमा सवार इञ्जिनीयर र चालक बगाएर बेपत्ता बनाएको थियो । गाडी नजिकैको मोदी खोलामा पुगेको अवस्थामा भेटिएको भए पनि ती दुई व्यक्तिको अवस्था भने अज्ञात नै छ ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij