सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

काँग्रेस केन्द्रीय सदस्यमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न सभापति देउवाको निर्देशन

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा घिमिरेमाथि शुक्रबार भएको आक्रमणको विषयमा छलफल भएपछि सभापतिले कारबाहीको निर्देशन दिएको पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रहेका घिमिरेमाथि शुक्रबार छानबनि समितिको काम चलिरहेकै बेला काँग्रेसकै नेताहरुको संलग्नतामा आक्रमण भएको थियो।

    सो विषयमा पदाधिकारी बैठकमा छलफल भएको हो। छलफलपछि आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कार्वाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिएको पौडेलले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij