प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
काठमाडौं । पर्यटकीय केन्द्र फेवाताल अतिक्रमण घट्नुको साटो झन् बढिरहेको छ । तालको करिब १७ सय रोपनी जमिन अतिक्रमणमा परेको पुष्टि भइसकेपनि यस विषयमा सरकार मौन छ ।
केहि समयअघि सरकारद्धारा गठित छानविन समितिको अध्ययनले यति धेरै जग्गा मिचिएको देखाएको थियो ।
व्यक्तिले पानीमुनिको जग्गा समेत आफ्नो नाममा दर्ता गराएको औंल्याउँदै समितिले उक्त जग्गा तालको नाममा फिर्ता ल्याउन सुझाए पनि कार्यान्वयन भएको छैन ।
‘३०३४ सालको नापी हेर्दा अहिले एक हजारभन्दा बढी व्यक्तिले फवपातालको जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ ।’ समिति संयोजक विश्वप्रकाश लामिछानेले भने ‘नापी कर्मचारीबाटै अवैध दर्ता गरिएको पाइएको छ ।’ यो खबर आजको कान्तिपुरमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij