आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पति जुन कार्यालयमा सफाइकर्मी छन् , त्यहीँकी प्रमुख बनेर जब श्रीमति आइन् !

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०७८



  • एजेन्सी – प्रजातान्त्रिक मुलुकमा हरेक सामान्य नागरिक समेतलाई त्यसदेशको उच्च पदमा पुग्नसक्ने ब्यवस्था गरेको हुन्छ । यो पनि प्रजातान्त्रिक प्रणालीको सफलता हो । यस्तै घटना भारतमा भएको छ । त्यहाँ उत्तर प्रदेशको सहारनपुरको बलियाखेडी ब्लाकमा कार्यरत सफाई कर्मचारी सुनील कुमारकी श्रीमति अहिले बलियाखेडी ब्लककी प्रमुख भएकी छिन् । तीन वटा गाउँ पञ्चायत मिलेर यो ब्लक बनेको छ, जसमा श्रीमती सोनिया प्रमुख छिन्।

    सुनिल कुमारले कहिल्यै सोचेको थिएनन् कि ब्लाक क्षेत्रमा जहाँ उनले दैनिक सफाई गर्दछन्, एक दिन उनकी श्रीमती सोनिया ब्लाक प्रमुख बन्नेछन् । अब सोनियाले भाजपाबाट ब्लाक प्रमुखको जिम्मेवारी लिएकी छन्।

    उनका पति सुनील धेरै वर्षदेखि बलियाखेडी ब्लाकमा सफाईकर्मी छन् । उनकी श्रीमती सोनिया सामान्य गृहिणी हुन् । सुनीलले बीए पास पत्नी बीडीसी चुनाव ल ड्नको निम्ति प्रोत्साहित गरे र हालै सम्पन्न ब्लक प्रमुख चुनावमा सफाईकर्मी सुनीलको श्रीमति निर्विरोध भाजपा समर्थित ब्लाक प्रमुख भएकी छिन्।

    गाउँ नल्हेदा गुर्जर निवासी सुनील कुमार आफ्नै गाउँमा बलियाखेडी विकास खण्डमा सफाई कर्मचारीको रूपमा कार्यरत छन् । जब तीन वटा पञ्चायत मिलेर बनेको ब्लकको प्रमुखको चुनाव घोषित भएको थियो, आरक्षणको कारण बीडीसी सीट अनुसूचित जाति वर्गमा आरक्षित भयो । गाउँलेहरूको आदेशमा सुनील कुमारले आफ्नी श्रीमती सोनियालाई वडा ५५ का बीडीसी सदस्यका लागि प्रतिस्पर्धा गर्न लगाए जसमा उनी विजयी भइन्।

    जब ब्लाक प्रमुख पद पनि अनुसूचित जातिहरूका लागि आरक्षित गरिएको थियो, एक भाजपा नेताले सुशिक्षित सोनिया गान्धीलाई भाजपाको तर्फबाट ब्लाक प्रमुखको पदमा उम्मेदवार बनाए । २६ वर्षीया सोनियाले आफ्नो नामांकन फाइल गरेपछि ब्लाक प्रमुखमा निर्विरोध निर्वाचित भइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij