आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाहालको सुरक्षाका लागि डीएसपीको कमाण्डमा १० प्रहरी थपिए

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०७८



  • काठमाडौं। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दौ गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ ।

    कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर सुरक्षा चुनौती थपिएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा सचिवस्तरीय निर्णय गरेर दाहालको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिएको हो ।

    गृह मन्त्रालयले केही महिनाअघिे विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो । उक्त मापदण्डमा पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ । ओली नेतृत्वको सरकारले पूर्वाग्रह राखेर सुरक्षाकर्मी घटाएको भन्दै माओवादी अध्यक्ष दाहालले असन्तुष्टि जनाउनु भएको थियो ।

    उहाँको सुरक्षामा पूर्व जनमुक्ति सेना पनि खट्दै आएको थियो । यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij