आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औ वार्षिकोत्सव सम्पन्न

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वार्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तोलन गरेका छन् ।

    ३२ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

    त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ ।

    राष्ट्रिय वाणिज्य कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैँकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा संस्थाको सम्वर्द्धनका बिषयमा जोडदार आवाज उठाउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij