आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कांग्रेस राजनीतिको धुरी मासिन लागेकोमा कार्यकर्ताको चिन्ता, विराटनगरमै बीपी बेपत्ता !

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • विराटनगर । विराटनगरस्थित कोइराला निवासलाई अधिकांश कांग्रेसीजनले तीर्थ मान्छन् । यो थलोले तीन दाजुभाइ मातृका, वीपी र गिरिजाप्रसाद कोइरालालाई देशको कार्यकारी प्रधानमन्त्री बनायो । तर, कोइराला परिवारभित्र वंशका नाममा राजनीति गर्ने धेरै जन्मिए पनि यो थलोको संरक्षणमा परिवारका सदस्य नै बेखबर बनेका छन् ।

    कोइराला परिवारका कान्छा सदस्य गिरिजाप्रसाद कोइराला कुनै महत्वपूर्ण निर्णय गर्नुप¥यो विराटनगरस्थित घर नै रोज्थे । दुःख पीडामा रहेका कांग्रेसका कार्यकर्ता यहिँ ओत पाउँथे । कांग्रेस नेतृ नोना कोइराला रहेसम्म यो घरले त्यो धर्म निर्वाह गरेको थियो । अहिले यो घर बेहुली अन्माएकोजस्तो बनेको छ ।

    कोइराला निवासको मूल घर अगाडि ठूला–ठूला महल बनेका छन् । दोस्रो पुस्ताका कोइरालाहरूले अंशमा आएको जमिन आफूखुसी बेचेपछि कोइराला निवासको रङ्ग उडेको हो । राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसले अधिकांश समय सत्ता चलाए पनि यस्ता विषयमा उसको ध्यान जान सकेको छै । राजनीतिक मन्दिरलाई संरक्षण नगर्दासम्म बीपीप्रति ओठे देखाएर मात्र केही नहुने कार्यकर्ताको गुनासो छ ।

    बीपीको साइँला भाइ केशवका छोरा शेखर कोइरालाले आफ्नो भागमा रहेको सम्पति संरक्षण गरेका कारण कोइराला निवासको मूलघर अहिलेसम्म जोगिएको छ । मुलुकमा प्रजातन्त्र ल्याउन र राणा शासन अन्त्य गर्न कोइराला परिवारको गुन बिर्सन सकिदैन ।

    त्यतिमात्र हैन, बीपीका पिताजी कृष्णप्रसाद कोइरालाले घरपरिवारका महिला सदस्यलाई शिक्षित बनाउन त्यहीबेला आदर्श स्कुल स्थापना गरेर समाज सुधारको अभियान थालेका थिए । धैरै प्रजातन्त्र प्रेमीहरूले यस्तो ऐतिहासिक ठाउँलाई संग्रहालय बनाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको प्रजातान्त्रिक आन्दोलनका स्वतन्त्री सेनानी तोरेन्द्रमानसिंह प्रधान बताउनुहुन्छ ।

    स्थानीय निकायले संग्रहालय बनाउने प्रतिबद्धता व्यक्त गरेपनि काम अघि बढेको छैन । बरु यहाँका महत्वपूर्ण सामग्री काठमाडौंको सुन्दरीजलमा रहेको बीपी संग्रहालयलाई हस्तान्तरण गरेपछि यहाँका स्थानीय झस्किएका छन् । कांग्रेस अहिले सत्तामा भएका बेला कार्यकर्ताको आवाज सुन्नुपर्ने कांग्रेसका पुराना नेता अनिल खनाल बताउनुहुन्छ ।

    अन्य देशमा देशका राजनेताहरूको थातथलो संरक्षण गरिएजस्तै विराटनगरको कोइराला निवासलाई पनि त्यही रूपमा विकास गरी आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढाउनु जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij