आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा झण्डै १४ खर्ब नजिक

  • प्रकाशित मिति : शनिबार, साउन ९, २०७८



  • काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब नाघेको छ ।

    यस अवधीमा निर्यातमा केही सुधार आएपनि व्यापार घाटाको आकार बढ्दै गएको हो । भन्सार विभागको आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याकं अनुुसार यस अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको हो ।

    यो अघिल्लो वर्ष भन्दा २८ प्रतिशतले बढि हो । यस्तै गत वर्ष निर्यातको आकार ४४ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

    आर्थिक वर्ष २०७६÷७७ मा ९७ अर्ब ७ करोडको वस्तु निर्यात भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब १२ करोडको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याकं छ ।

    भन्सार विभागका अनुसार यस अवधिमा १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको छ । यो बर्ष पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ २ खर्ब १४ अर्बको आयात भएको छ । यस्तै १ खर्ब ५३ अर्बको फलाम तथा स्टील आयात भएको छ ।

    १ खर्ब २३ अर्बको ब्वाइलर्स, मसिन तथा उपकरण, १ खर्ब ७१ करोडको इलेक्ट्रिकल मसिन तथा उपकरण आयात भएको छ । ९७ अर्ब ३७ करोडको सवारीसाधन आयात भएको छ । यस्तै यस अवधीमा साढें ३८ अर्बको तरकारी आयात हुँदा फलफुल तथा मसला २१ अर्ब ३४ करोडको आयात भएको विभागको तथ्यांक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij