आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अन्डरग्राउन्ड मार्केटकाे व्यापार : भाडा सस्ताे, व्यापार काइदा

  • प्रकाशित मिति : शनिबार, साउन ९, २०७८



  • काठमाडौं । काठमाडौंको रत्नपार्क नपुग्ने को होला ? त्यहाँ बाटो काट्न बनाइएको सब वे भित्रको बजारबारे कति जानकार हुनुहुन्छ ? सर्वत्र महँगिएका बेला यहाँको सटर भाडा २५ सयदेखि ४ हजारसम्म मात्र छ ।

    थोरै भाडा तिरे पुग्ने र व्यापार पनि हुने । घाम र पानीको डर पनि नहुने । यीनै विशेषता बोकेको यो रत्नपार्क स्थित भोटाहिटी अन्डरग्राउन्ड मार्केट हो । २० पसल रहेको यो अन्डरग्राउन्ड मार्केटमा कपडा जुत्तादेखि किताब र पोष्टरहरू समेत किन्न पाइन्छ । कोभिडका कारण सबैतिर प्रभाव परेसँगै अन्डरग्राउन्ड मार्केटमा पनि ग्राहकको संख्यामा कमी आएको छ ।

    दोलखा घर भएकी राममाया श्रेष्ठले रत्नपार्कको भोटाहिटी अन्डरग्राउन्ड मार्केटमा पसल राखेको २२ वर्ष बित्यो । सुरु–सुरुमा अँध्यारो भन्दै कोही पनि नछिर्ने यो ठाउँ अहिले मूलबाटो जस्तै बनेको छ । मानिस हिँड्छन् र व्याापार पनि सन्तोषजनकै छ ।

    काठमाडौं महानगरपालिकाले २०४० सालमा बाटो काट्न सहज होस भनेर निर्माण गरेको यो स्थानमा पहिले–पहिले मानिसले फोहोर गर्थे । तर, अहिले सुधारा आउँदा मानिसहरूको आवतजावत पनि बाक्लिएको छ ।

    रामेछापका शम्भु श्रेष्ठ १५ वर्षयता यही स्थानमा पसल राखेर परिवार पाल्दै आउनुभएकाे छ । महानगरले नै सुरक्षाका लागि गेट समेत बनाइदिएकोले अन्डरग्राउन्डमा पसल राख्दा सहज भएको श्रेष्ठ बताउनुहुन्छ ।

    व्यावसायिक गतिविधि पनि चल्ने, पैदलयात्रीका लागि सुरक्षित हुने भएकाले काठमाडौंका विभिन्न ठाउँमा यस्तै सब वे बनाउनु उपयोगी देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij