आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

झापाका कृषकलाई दुई करोड अनुदान

  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८



  • बनियानी । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब रु दुई करोड अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई रु एक करोड ९९ लाख ५४ हजार नाै सय अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए।

    मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई रु दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई रु २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई रु नौ लाख एक हजार १०० अनुदान उपलब्ध गराइएको छ।

    त्यस्तै बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई रु तीन लाख ९६ हजार ८००, बगरखेती प्रवद्र्धनका लागि छ पालिकाका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत छ पालिकाका फार्मलाई रु छ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई रु १० लाख अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए।

    कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रु ४० लाख अनुदान उपलब्ध गराइएको छ। गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई रु १०/१० लाखका दरले दिइएको कार्यालयले जनाएको छ।

    रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई रु एक लाख दिइएको छ। नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई रु २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्ति/समूहलाई रु ७० लाख १३ हजार चार सय अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कार्यालयले न्यूनतम रु १८ हजार ७०० देखि अधिकतम रु एक लाख २७ हजार ७०० अनुदान दिइएको बताएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij