आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आफ्नै कर्मचारीले दिए राज कुन्द्रालाई धोका !

  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८



  • काठमाडौं। मुम्बइ पुलिसको क्राइम ब्रान्च बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्दको रहस्य खोल्न जुटेको छ । पुलिसले राजको अंधेरीस्थित अफिसमा लुकाएर राखिएको एक गोप्य दराजको जानकारी पाएको छ । राजको अफिसका कर्मचारीले नै यो गोप्य दराजबारे जानकारी दिएपछि पुलिसले शनिबार दराजबाट केही कागजात नियन्त्रणमा लिएको छ । यी कागजात क्रिप्टोकरेन्सीसँग सम्बन्धित छन् ।

    राज कुन्द्राका ४ जना कर्मचारी राजविरुद्ध पोर्नोग्राफी केसमा ‘सरकारी गवाह’ बन्न तयार भएका छन् । उनीहरुले अदालतमा राजको विरुद्ध बयान दिन राजी भएका हुन् । मुम्बइ पुलिससूत्रका अनुसार यी कर्मचारीले क्राइम ब्रान्चको प्रोपर्टी सेललाई राजको गिरोहको नेटवर्कले कसरी काम गर्थ्यो भन्ने सबै बताएका छन् ।

    यसअघि पुलिसले १९ जुलाइमा पनि यो अफिसमा छापा मारेको थियो तर त्यतिबेला भित्तामा बनाइएको यो दराज देखिएको थिइन । पुलिसलाई वियान इन्डष्ट्रिजका कर्मचारीले नै यो गोप्य दराजबारे बताएका थिए । अहिलेसम्मको सोधपुछमा राज कुन्द्राले पनि यो दराजबारे खुलासा गरेका थिएनन् । अब यो केस पैसासँग सम्बन्धित भएपछि एक्सटोर्सन डिपार्टमेन्टले पनि राजविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij