प्रकाशित मिति : सोमवार, साउन ११, २०७८
काठमाडौं। सुनचाँदी ब्यवसायीले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुवीच सोमबार भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा ब्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणकालागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्वोधनगर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले ब्यवसायीमाथि परेमा समस्या समाधानगर्न सरकार सदैव तयाररहेको बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij