आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लमजुङ निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, साउन १२, २०७८



  • लमजुङ । आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।

    नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङले जनाएको छ ।

    विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ लमजुङका सम्पर्क व्यक्ति विनय दवाडीका अनुसार कूल लाभग्राहीमध्ये १४ हजार ३२ जनाले पहिलो किस्ता र ११ हजार ८९८ जनाले दोस्रो किस्ता लिएका छन् ।

    “दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनःनिर्माणको काम सम्पन्न गरिसकेका छन्”, उनले भने, “पुनःनिर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिएको छ ।” उनका अनुसार बेँसीशहर नगरपालिकाका एक हजार ३८६ लाभग्राहीमध्ये एक हजार ३३० ले पहिलो किस्ता, १२१ ले दोस्रो किस्ता र ९४१ जनाले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij