आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप

  • प्रकाशित मिति : बुधबार, साउन १३, २०७८



  • काठमाडौं । इलाम सदरमुकामस्थित आर्दश माविका प्रधानध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठ मंगलबार इलाम नगरपालिका ७ को सिटी हल खोपकेन्द्रमा खोप लगाए ।

    प्रध्यानध्यापक पौडेलकै हस्ताक्षर, छापा र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरकफरक सिफारिसपत्रमा निजी स्रोत शिक्षक उल्लेख छ । तर उनीहरु दुवै विद्यालयका शिक्षिका होइनन् । विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षक र कर्मचारीको सूचीमा पनि उनिहरुको नाम छैन ।

    स्वास्थ्य कार्यालयको तालिकाअनुसार मंगबार ५५ वर्षभन्दा माथिका नागरिकले मात्र खोप लगाउनुपर्ने हो । दिउँसो ३ बजेसम्ममात्र खोप लगाउने गरिएकामा आर्दश माविका केही शिक्षक समय बितेपछि खोप केन्द्र प्रवेश गरेका थिए । ‘स्कुलको सिफारिस पत्र देखाएपछि हामीले खोप लगाइदियौं,’ एक स्वास्थ्य कार्यकर्ताले भने, ‘यहाँका एक जनप्रतिनिधिसमेतले उनीहरुलाई खोप लगाउन भनेपछि नलगाउने पनि कुरा भएन।’

    नागरिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij