बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पाकिस्तानमा सडक दुर्घटना बीसको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस २५, २०७३



  • इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका स्थानीय उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ ।

    पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका स्थानीय समाचार च्यानल समाले जानकारी दिएको छ ।

    यस दुर्घटनामा आठ पुरुष, चार महिला र दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । त्यसगरी सहिवाल जिल्लामा भएको अर्को एक छुट्टै सडक दुर्घटनामा कम्तीमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका छन् । यस दुर्घटनामा दुई वटा बस एक आपसमा ठोक्किएको थियो ।

    पञ्जाव प्रान्तका प्रमुख मन्त्री साहबाज सरिफले यस घटनाहरु प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै घटनामा घाइते भएका सवैको उपचारको राम्रो प्रवन्ध मिलाउनको लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij