प्रकाशित मिति : बुधबार, पुस २७, २०७३
शिव राज खनाल (एस.के.डेबिट ) , दाङ । देउखुरी क्षेत्रका पत्रकारहरुको निशुल्क मृगौला तथा स्वस्थ्य परीक्षण गरीएको छ । आज ३२ जना पत्रकारहरुको मृगौला तथा स्वस्थ्य परीक्षण गरीएको हो । चेकजाच गर्दा पत्रकारहरुमा स्वास्थ्यमा कुनैपनी समस्या नदेखिएको डा. ईश्वरी प्रसाद खनालले जानकारी दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङको आयोजना तथा प्राथमीक स्वास्थ्य केन्द्र लमहिको प्राविधिक सहयोगमा स्वस्थ्य परीक्षण गरीएको हो । केन्द्रका डा. ईश्वरी प्रसाद खनाल, डा. संजय राज गौतम,सिनियर अ.हे.व रुपनारायण चौधरी, अनमी कृतना बस्नेत, ध्रुबराज पंडीत, सचेत विरहि भण्डारी लगाएतका स्वस्थ्यकर्मीहरुको टोलीले मृगौला तथा स्वस्थ्य परीक्षण गरेका हुन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij