प्रकाशित मिति : बिहिबार, पुस २८, २०७३
पोखरा । युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ ।
क्लबद्वारा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमिति क्रियाशील रहेको जानकारी दिँदै क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुकबहादुर गुरुङले महोत्सवमा दुईसय ४० स्टल रहने बताए ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामानको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवम् जानकारी आदि रहने र यसपटक नीलगाई, रतुवा मृग, हुचिल, अजिङ्गर, मृग आदि जङ्गली जनावर पनि प्रदर्शन गरिनेछ ।
अर्थमन्त्री कृष्णबहादुर महराले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij