प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८
तुलसीपुर दाङ। नेपाली काँग्रेसको तुलसीपुर नगर सभापतिमा सुरेश हमाल निर्वाचित भएका छन् । हमालले प्रतिष्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गरेका हुन् । हमालले ३६८ मत प्राप्त गर्दा प्रतिष्पर्धी कार्कीले २०८ मत प्राप्त गरेका छन् । एक जना उपसभापति बाहेक सबै पदमा हमाल नेतृत्वको प्यानल निर्वाचित भएको छ ।
उपसभापतिमा हमाल प्यानलका बिनिल केसी ३५९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उपसभापतिमा कार्की प्यानलबाट गौरब सुबेदी २८५ मत प्राप्त गरी बिजयी भएका छन् । सुवेदी कार्की प्यानलबाट पदाधिकारी जित्ने एक्ला उम्मेदवार हुन् । त्यस्तै सचिवमा बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सहसचिवमा शेषमणि भण्डारीले ३५१ मत र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी निर्वाचित भएका छन् । तुलसीपुरमा ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।
हमाल प्यानललाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको समर्थन थियो । कार्की प्यानललाई पूर्व सांसद गेहेन्द्र गिरीले समर्थन गरेका थिए । दाङको क्षेत्र नम्बर ३ का ४ वटा पालिकामा सबै दीपक गिरीले समर्थन गरेका उम्मेदवारले जितेका छन् । पार्टीको समूहगत राजनीतिमा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गिरीले आफ्नो निर्वाचन क्षेत्रमा गहिरो प्रभाव देखाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij