बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बन्ने भयो स्वास्थ्य चौकी भवन, दश हजार स्थानीयवासी लाभान्वित हुने

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • पाल्पा ।  साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारको एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो ।

    सो भवन निर्माणका लागि श्री थेगिम मनो जेभी कम्पनीले २०७३ साल असोज २३ मा ठेक्का सम्झौता गरी १८ महिनामा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीका ठेकेदार प्रेम पहारीले बताए ।

    दुईतले १२ कोठासहितको भवन निर्माण भएपछि यहाँ स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा, सुरक्षित गर्भपतन सेवा, मातृ शिशु लगायतका विभिन्न सेवा प्रवाह हुनेछ ।

    स्वास्थ्य चौकी निर्माण भएपछि साँखर र गजरकोटका करिब दश हजार स्थानीयवासी लाभान्वित हुने स्थानियवासी देवराज भट्टराईले बताए ।

    भौतिक संरचना बलियो नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएपछि यहाँका स्थानीयवासी, राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीविको पहलमा नयाँ पक्की भवन निर्माण हुन लागेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij