प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३
गुल्मी । गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका गुल्मीको महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालयका प्राचार्य भीमलाल सापकोटाले दैनिक ३३ हजार सम्मको औषधी सेवन गर्नु परेको छ ।
विद्यालयको कामको शिलशिलामा वुटवल पुगेर फर्किदै गर्दा मंसिर ८ गते पाल्पाको अर्गेली कमलपोखरमा गाडी दुर्घटना हुँदा अभिभावक संघका अध्यक्ष वसन्त कार्कीको भने उपचारका क्रममा ज्यान गएको थियो भने प्राचार्य सापकोटा हाल सम्म काठमाण्डौको न्युरो अस्पतालमा उपचार गर्दै आएका छन् ।
वुटवल हुँदै काठमाण्डौंको न्युरो अस्पतालमा वेहोस अवस्थामा रिफर गरिएका सापकोटा त्यहाँ भर्ना गरेको ११ दिन पछि होसमा आएमा थिए । सापकोटाको टाउँको र शरिरका अन्य सातआठ ठाउँमा गम्भीर चोट लागेको छ ।
प्रतिदिन ३३ हजारको औषधीले खतारामुक्त भएका सापकोटा उपचारकै क्रममा रहेका छन् ।
सापकोटा विगत ३० वर्ष देखि महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीमा कार्यरत छन् ।
विभिन्न शिक्षक संघ संघठनले सापकोटको उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij