मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मुस्ताङमा विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • मुस्ताङ । साधारण रुघाखोकीको औषधी किन्नसमेत म्याग्दी वा पोखरा धाउनुपर्ने मुस्ताङ कोवाङका बासिन्दा आफ्नै घर आँगनमै सुविधासम्पन्न स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।

    जसको माध्यम बन्यो, बाह्र/बाह्र वर्षमा आउने थकाली जातीको ल्ह्फेव पर्व ।

    थकाली स्वास्थ्यकर्मी परिवारको आयोजना र धौलागिरी युवा क्लव कोवाङको सहयोगमा मुस्ताङको कोवाङ गाविस–५ स्थित लार्जुङमा तीन दिने शिविर सञ्चालन गरिएपछि उनीहरु लाभान्वित भएका हुन् ।

    शिविरमा काठमाडौं र विदेशका समेत गरी २० जना चिकित्सकले विशेषज्ञ सेवा प्रदान गरेका थिए । ल्याव टेक्निसियन र भोलेन्टियरसमेत ५० जना स्वास्थ्यकर्मी शिविरमा जुटेका थिए ।

    सेवा प्रदान गर्न पुगेका चिकित्सक थकाली स्वास्थ्यकर्मी परिबारभित्रकै सदस्य हुन् । जसमा अधिकांश गौचन, तुलाचन, शेरचन र भट्टचन थिए । शिविरमा हाडजोर्नी, नशा, मानसिक, स्त्रीरोग, मुटुरोग, दन्त सेवा, आँखालगायत रोगको उपचार गरिएको थियो । जसमा भिडियो एक्स रे, इसिजी, ल्याव र फार्मेसीको सुविधा दिइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij