बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

व्यापार सहजीकरण सम्झौता अनुमोदित

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • काठमाडौँ  ।  व्यवस्थापिका–संसद्को आजको बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३ र निर्वाचन (कसुर तथा सजाय विधेयक), २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले ‘व्यापार सहजीकरण सम्झौता’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । वाणिज्यमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

    बैठकले नेपाल परिवार दलका एकनाथ ढकाललाई सार्वजनिक लेखा समितिका सदस्यमा थप गर्ने प्रस्तावप्रति सहमति जनाएको छ । सभामुख ओनसरी घर्तीले सो सम्बन्धी प्रस्ताव गरेकी थिइन् । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी माघ ७ गते अपराह्न १ बजे बस्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij