मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पहेँलो दाँतलाई चम्किलो बनाउने ५ उपाय

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • सुन्दर, सेतो र चम्किलो दाँतले अनुहारको सुन्दरतालाई अझै बढाउँछ । दाँत पहेँलो भयो भने यसले सुन्दरतामा कमि ल्याउँछ । दाँत कमजोर भएमा वा कालो, पहेँलो देखिएमा बोल्न र हाँस्नमा पनि समस्या हुन आउँछ । दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध पनि गर्नुपर्ने हुन्छ । दाँत पहेँलो भएको समयमा कसरी यसलाई सेतो र चम्किलो बनाउने त ? यसका लागि घरेलु उपायहरु पनि अवलम्बन गर्न सकिन्छ ।

    १. तोरीको तेल र बिरे नुन 

    तोरीको तेल र बिरे नुन मिसाएर दाँतमा लगाउँदा पहेँलोपन र पायरियाको समस्या कम हुन्छ । बिरे नुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ । साथै, यसमा आइरन, आयोडिन, फस्फोरस, पोटाािशयम, क्रोमियम, लिथियम, सोडियम र क्लोराइड जस्ता तत्वहरु पाइन्छन् । यसले मुख ताजा राख्ने काम गर्छ ।

    २.तोरीको तेल र अंगार 
    दाँतमा कालोपन र पहेँलोपन आएमा अंगार र तोरीको तेल मिसाएर दाँत माझ्ने गर्नुपर्छ । अंगारको सानो टुक्रा लिने र यसमा थोरै तोरीको तेल मिसाएर हल्का हल्का माझ्ने गर्दा दाँत सेतो हुँदै जान्छ ।

    ३.तोरीको तेल र बेसार 
    बेसारमा ब्याक्टेरिया मार्ने शक्ति हुन्छ । बेसारको धुलोमा तोरीको तेल मिसाएर दाँतमा लगाउँदा पहेँलोपन हराउँदै जान्छ ।

    ४.तोरी तेल र मनतातो पानी 
    तोरीको शुद्ध तेलमा केही थोपा तातो पानी हालेर दाँत माझ्ने गर्दा दाँतको पहेँलोपन हराउँदै जान्छ । यसको २ देखि ३ मिनेटसम्म मुख कुल्ला गर्दा गिजा, दाँतको दुखाई, पहेँलोपन र कमजोरी हराउँदै जान्छ ।

    ५.तोरीको तेल र बेकिन सोडा
    तोरीको तेल र बेकिन सोडा मिसाएर कुल्ला गर्दा दाँत सफा हुन्छ । सोडालाई सोडियम कार्बोनेटको रुपमा पनि लिन सकिन्छ । धेरै समय सोडाको प्रयोग भने गर्न हुँदैन । हप्तामा १ वा २ पटक मात्रै यसको प्रयोग गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij