बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

आगलागीबाट साढे दुई लाखसहित घर जल्यो

  • प्रकाशित मिति : शनिबार, माघ १, २०७३



  • गोरखा  ।  गुम्दा गाविस–५ स्थित माछाखोलामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सल्केको आगोले आज स्थानीय शिरकुमारी गुरुङको घर जलेर नष्ट भएको छ ।

    आगलागीबाट घरभित्र रहेको रु दुई लाख ५० हजार, छ तोला सुन, करिब ४० तोला चाँदी, अन्नपात, चाउमिन बनाउने उपकरण समेत जलेर नष्ट भएको छ । प्रहरी चौकी माछाखोलाका प्रहरी सहायक निरीक्षक प्रकाश अधिकारीका अनुसार आगलागीबाट छिमेकीका घरका झ्याल, ढोकामा पनि क्षति पुगेको छ । करिब रु २५ लाख बराबरको क्षति भएको अनुमान छ ।

    आगलागी भएपछि घरमा रहेका मानिस भागेर सुरक्षित ठाउँ पुगेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ । घर जलेपछि गुरुङको परिवारले छिमेकीकहाँ शरण लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij