बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

फिदिममा भएको जीप दुर्घटनामा घाइते महिलाको मत्यु

  • प्रकाशित मिति : शनिबार, माघ १, २०७३



  • पाँचथर ।  मेची राजमार्गअन्तर्गत फिदिम–२ स्थित लालीखर्कमा आज भएको जिप दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङ लिवाङ–८ का ५० वर्षीय नैनकला कार्कीको मृत्यु भएको छ ।

    उहाँको उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिप चालक ताप्लेजुङ, नाङ्खोलिङका देवान दोर्जेको बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।

    उक्त दुर्घटनामा परेर मोरङ भाउन्ने–४ का तीनजना दाजुभाइ प्रेम खड्का, जीवन खड्का र चुवान खड्का, पाँचथर याङ्नाम–१ का रुद्र लोवा, ताप्लेजुङ लेलेपका रोशनलिम्बू, तेह्रथुम सोल्माका सरोज खनाल घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे१ज २५४६ नंको जिप तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब करिब एक किलोमिटर तल खसेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij