आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्युनिख र युभेन्टस च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७८



  • एजेन्सी । बायर्न म्युनिख र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

    गएराति भएको समूहको चौथो खेलमा पोर्चुगलको बेनिफिकालाई ५–२ ले हराउँदै जर्मनीको बायर्न म्युनिख राउण्ड अफ सिक्सटिनमा पुगेको हो । यो समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हरायो ।

    समूहका चार खेलबाट बायर्नको १२ अंक भएको छ भने बार्सिलोनाको ६ तथा बेनिफीकाको ४ अंक छ । उता समूह एच को खेलमा रुसको जेनिथलाई ४–२ ले हराउँदै इटालीको युभेन्टस पनि राउण्ड अफ सिक्स्टिनमा पुगेको छ ।

    यही समूहको अर्को खेलमा स्विडेनको माल्मोमाथि १–० को जित निकाल्दै इंग्ल्याण्डको चेल्सी पनि नक आउट चरण नजिक पुगेको छ । युभेन्टसको १२ अंक भएको छ भने चेल्सीको ९ अंक छ ।

    च्याम्पियन्स लिग अन्तर्गत गएराती भएका अन्य खेलहरुमा जर्मनीको उल्फवर्गले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हराउँदा फ्रान्सको लिलले स्पेनको सेभियामाथि २–१ को जित निकाल्यो ।

    यसैगरी इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडले इटालीको एटलान्टासँग २–२ गोलको बराबरी खेल्दा स्पेनको भियारियालले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई २–० ले पराजित ग¥यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij