आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अभ्यास खेलका लागि महिला क्रिकेट टीम बिहीबार बंगलादेश जाँदै

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७८



  • काठमाडौं । अभ्यास खेलका लागि नेपाली महिला क्रिकेट टिम भोलि (बिहीबार) बंगलादेश जाने भएको छ ।

    दुबईमा हुने आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटमा खेल्नुअघि नेपाल अभ्यास खेलका लागि बंगलादेश जान लागेको हो । बंगलादेशमा रहँदा नेपालले त्यहाँको ए र मिश्रित टोलीसँग अभ्यास म्याच खेल्ने छ ।

    \त्यसपछि नेपाली टिम स्वदेश फर्र्किएर १४ नोभम्बरमा कतार जाने भएको छ । नेपालले कतारी टिमसँग पनि अभ्यास खेल खेल्ने छ । टी–२० विश्वकपको छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मो दुबईस्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ ।

    यस्तै नोभम्बर २३ मा भुटानसँग नोभेम्बर २५ मा कुवेत र लिग चरणको चौथो खेलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया रहेको छ । लिगको अन्तिम खेलमा २८ तारिखमा युएईसँग खेल्नेछ । नेपाली महिला टिमले करिव दुई वर्षपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

    अन्तिमपटक घरेलु मैदानमा भएको दक्षिण एशियाली खेलकुद सागपछि महिला टिमले कुनै पनि अन्तराष्ट्रिय खेल खेलेको छैन । नेपाल क्रिकेट संघ क्यानले रुविना क्षेत्रीको कप्तानीमा खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij