बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

माथिल्लो सेती आयोजनाको ठेक्का प्रक्रिया सुरु

  • प्रकाशित मिति : आइतवार, माघ २, २०७३



  • काठमाडौं । लगानी जुटिसकेको र परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको तीन वर्षपछि मात्र माथिल्लो सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन ठेक्का प्रक्रिया सुरु भएको छ । १ सय ४० मेगावाटको जलाशययुक्त आयोजना निर्माण अघि बढाउन विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले तीनवटा प्याकेज बनाएर ठेक्का प्रक्रिया सुरु गरेको खबर आजको कान्तिपुरमा छ ।

    टेन्डर डकुमेन्ट तयार पारी मुख्य दुई दाता जापानी सहयोग नियोग (जाइका) र एसियाली विकास बैंकबाट स्वीकृत गराउन समय लागेको र परामर्शदाता कम्पनी ल्याहमेरलाई आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनमाथि थप अध्ययन गर्न दिइएकाले ठेक्का प्रक्रिया थाल्न केही ढिलाइ भएको दाबी तनहुँ हाइड्रो पावर लिमिटेडका अधिकारीले गरे ।

    पहिलो प्याकेजमा हेड वक्र्स र बाँध तथा नदी डाइभर्सन, दोस्रोमा टनेल र पावर हाउस निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल र तेस्रो प्याकेजमा आयोजनास्थल तनहुँको दमौली नजिकबाट भरतपुरमा बनाइने नयाँ सबस्टेसनसम्म ३७ किलोमिटर लामो २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने रहेको छ ।

    तनहुँ हाइड्रो पावर लिमिटेडले परामर्शदाता छनोट भएको तीन वर्षपछि पहिलो र दोस्रो प्याकेज निर्माण गर्न ग्लोबल टेन्डर गरी पीक्यू (आयोजना बनाउन प्राविधिक रूपमा उपयुक्त) गरी ८ वटा कम्पनी छनोट गरेको छ । पीक्यूबाट पहिलो प्याकेजमा ५ वटा र दोस्रो प्याकेजमा तीनवटा कम्पनी छनोट भएको जानकारी तनहुँ हाइड्रो पावर लिमिटेडका कार्यकारी निर्देशक प्रदीप थिकेले दिए । उनका अनुसार पहिलो प्याकेजमा जयप्रकाश एसोसिएट लिमिटेड इन्डिया, सोङा भियतनाम–कालिका कन्स्ट्रक्सन जेभी, हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी इन्डिया–डोगस इन्टिग्रेटेड टर्की जेभी, सीजीजीसी (गेजुवा) चाइना र सीएमसी डी राभेना, इटाली पीक्यू छनोटमा परेका छन् । दोस्रो प्याकेजमा हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी इन्डिया–डोगस इन्टिग्रेटेड टर्की जेभी, सिनो हाइड्रो कर्पोरेसन चाइना र सीएमसी इटाली पीक्यू छनोटमा परेका छन् ।

    अबको दुई महिनाभित्रै तनहुँ हाइड्रो पावर लिमिटेडले पीक्यू भएका कम्पनीबीच आर्थिक प्रस्ताव माग गरी निर्माण गर्ने ठेकेदार कम्पनी छनोट गर्नेछ । दुइटै प्याकेजका लागि निर्माणमा कम लागत प्रस्ताव गर्ने एक/एकवटा ठेकेदार कम्पनी छनोट गरिनेछ । छनोट भएका दुई कम्पनीले माथिल्लो सेती आयोजनाको निर्माण कार्य आगामी अक्टोबरमा सुरु गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij