मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रुसमा एकैदिन ३९ हजारलाई कोरोना संक्रमण

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७८



  • एजेन्सी । रुसमा गएको २४ घण्टामा ३९ हजार बढी नागरिकमा कोरोनाको संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन ।

    साथै यो अवधिमा यहाँ ११ सय ७९ जनाको ज्यान गएको छ । सरकारी तथ्यांकअनुसार करिब ८८ लाख मानिसमा यस्तो संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म २ लाख ४६ हजार ८ जनाको ज्यान गएको छ ।

    रुसमा कोरोना भाइरसबाट हुने मृत्युदर २ दशमलव ८१ प्रतिशत रहेको समाचारमा जनाइएको छ । राजधानी मस्को सहरमा पछिल्लो २४ घण्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको छ ।

    यसैगरी जापानमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्यमा पुगेको हो ।
    सन २०२० पछि पहिलोपटक जापानमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij