बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

यस्तो बन्दैछ बाग्मती : बाग्मतीबाट २ सय मेगावाट विद्युत

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं । सहरी विकास मन्त्रालयले बाग्मती नदी किनारको गोकर्ण ब्यारेजदेखि सिनामंगल क्षेत्रको ७ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरेको छ । मन्त्रालयका अनुसार एशियाली विकास बैंक (एडीबी) को  सहयोगमा परम्परागत शैलीको हरित उद्यान निर्माण प्रक्रिया अघि बढाएको खबर आजको कान्तिपुरमा छ ।

    अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिका प्रमुख राजेशप्रसाद सिंहका अनुसार बाग्मती नदीको बीच–बीचमा चेकड्याम निर्माण गरिनेछ । ‘परम्परागत शैलीको निकै आकर्शक पार्क निर्माण गछौं,’ उनले भने, ‘काम सुरु पनि भइसकेको छ ।’

    नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान निर्माण गरिने उनले बताए । त्यसपछि सडक भने दुई लेनको बनाइनेछ । नदीको ३ स्थानमा परम्परागत शैली भकारी आकारका संरचना निर्माण गरिनेछ ।

    जसबाट मानिसले सजिलै नदीसम्म पुग्न सक्ने छन् । करिव २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको उक्त उद्यान २७ महिनाभित्र सम्पन्न गरिने सिंहले बताए । ‘मृत बाग्मतीलाई जिवित तुल्याउने यो अभियान हो,’ उनले भने, ‘त्यसै अनुसार काम पनि भइरहेको छ ।’

    गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुहेश्वरीसम्म ४० मिटर, गुहेश्वरीदेखि सिनामंगल सम्म करिव ३० मिटर नदीको बहाव कायम गर्दै दायाँ–बायाँ हरित उद्यान निर्माण गरिनेछ ।

    हरियालीको बीचमा साइकल लेन, फुटपाथ समेत निर्माण गरिने, हालको गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत निर्माण गरिने उनले बताए ।

    त्यसैगरी बाग्मतीको नागमतीमा ९० मिटर उचाईको ड्याम निर्माण कार्य लागि अध्ययन भइरहेको छ । आयोजनाका अनुसार जलाशय निर्माण गरि ८० लाख घन मिटर पानी जम्मा गरेर सुख्यायाममा प्रति सेकेन्ड ४ सय लिटर प्रति सेकन्ड पानीको बगाइनेछ । बाग्मतीबाट २ सय मेगावाटको विद्युत उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij