प्रकाशित मिति : सोमवार, माघ ३, २०७३
काठमाडौं । मञ्चमा यमबुद्ध भनेर चिनिने अनिल अधिकारीकी श्रीमती अस्मिता सेढाईंको २५ वर्षको उमेरमा नै वैवाहिक जीवन उजाडिएको छ ।
उनको फेसबुक प्रोफाइलले उनी हाल लण्डनमा सिभिल इन्जिनियरिङ गरिरहेको बताउँछ । अंग्रेजी नयाँ वर्षमा अन्तिम पटक फेसबुक स्टेटस अपडेट गरेकी उनले फेसबुकमा विभिन्न तस्बिरहरु अपलोड गरेकी छिन् ।
उनले डिसेम्बर १७ तारिखमा आफूले २५ वसन्त पार गरेको भन्दै जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद भनेकी छिन् ।
उनको फेसबुक प्रोफाइललाई केलाउँदा उनी निकै सुन्दर, मस्ती गर्नुपर्ने र सकारात्मक सोचकी धनी मानिन्छिन् ।
यद्यपी, उनको उत्साहित जीवनमा गत शनिबार बज्रपातले खस्यो । विवाह गरेको केही वर्षमै जीवनभरी साथ दिन्छु भनी कसम खाएका यमबुद्धले उनलाई सधैंका लागि छोडेर गएका छन् ।
यसमा कुनै शंका छैन, अस्मिता अहिले निकै शोकाकुल अवस्थामा छिन् । यद्यपी, उनको व्यक्तित्व झल्काउने केही तस्बिरहरु हेरौं–

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij