मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

म्याग्दीमा मोडर्ना खोप लगाउन सुरु

  • प्रकाशित मिति : आइतवार, पुस ११, २०७८



  • म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

    कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए । अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्याङ्क सङ्कलन गरेका थिए ।

    बेनी नगरपालिकाका पाँच हजार ५३२, मालिकाका दुई हजार २८, धवलागिरिका एक हजार ४६५, मङ्गलाका एक हजार ४४५, रघुगङ्गाका एक हजार ११४ र अन्नपूर्णका एक हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ ।

    खोप लगाउनका लागि ८६ खोप केन्द्र कायम गरिएको छ । एक हजार ३०४ भाइल भ्याक्सिन आएको छ । धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा पुस ९ देखि १४ र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पुस ११ देखि १४ गतेसम्म खोप लगाउने समयतालिका बनाइएको छ ।

    म्याग्दीका ३९ हजार ३९९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । थप १० हजार १७८ जनाले पहिलो डोज खोप लगाएका छन् । पूर्ण डोज खोपमा कोभिशिल्ड, भेरोसेल र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सनसमेतका खोप समावेश छन् । लक्षित ७२ हजार ९७३ जनसङ्ख्यामध्ये २३ हजार ३९६ अर्थात् ३२ प्रतिशतले अझै कोरोनाविरुद्धको खोप पाएका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij